![]() |
काठमाडौं, २३ साउन । नेपाली भूमिभित्र छिरेर बालुवा तस्करी गरेका भारतीयले नेपाली सुरक्षाकर्मीलाई आक्रमण गरी घाइते बनाएका छन् । भारतीयको कुटाइबाट पर्साको भीखमपुरमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरी जवान रत्नेस साह घाइते भएका छन् ।
भारतीयको कुटाईबाट सशस्त्र प्रहरी साहको हातमा गम्भीर चोट लागेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले जानकारी दिए ।
उनले घाइते सशस्त्र प्रहरी जवान साहको घाउ लागेको हातमा तीनवटा टाँका लगाइएको बताए । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको बताए। कुटाइबाट सशस्त्र प्रहरी साहको देब्रे हातमा तीनवटा टाँका लगाउनु परेको उपरीक्षक थापाले जानकारी दिए ।
नेपाल९भारत सीमाभन्दा दुईसय ५० मिटरभित्र नेपालमा पर्ने ओरिया खोलाबाट ५०र६० जनाको सङ्ख्यामा रहेका भारतीयले छवटा ट्र्याक्टरमा बालुवा लोड गरिरहेका बेला सुरक्षाकर्मीले रोक्न खोज्दा भारतीयले आक्रमण गरेको उपरीक्षक थापाले बताए । लाबाट भारतीयले बालुवा उत्खनन गरेको स्थानीय नेपालीले जानकारी गराएपछि नेपाली सुरक्षाकर्मीको टोली त्यहाँ पुगेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
- See more at: http://www.lightnepal.com/35804/#sthash.t29qhnZf.dpuf
![]() |

0 comments:
Post a Comment