![]() |
चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता आज सोमबारदेखि चितवनको नारायणगढमा सुरू हुँदैछ । नारायणगढस्थित क्याम्पाचौरमा हुने प्रतियोगिताको सबै तयारी पूरा भइसकेको आयोजक स्पोटर्स फर अल क्लब नेपालले जनाएको छ । प्रतियोगिता स्थलमा पत्रकार सम्मेलन गरी मैदान निर्माणलगायत सबै तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।
स्पोटर्स फर अल क्लब नेपालका अध्यक्ष लोकबहादुर शाहीले प्रतियोगितामा तीन विभागीयसहित ११ वटा टिमको सहभागिता रहने जानकारी दिए । उद्घाटन खेल दिउँसो ३ बजे हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा नारायणगढ फुटबल क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन सांसद विक्रम पाण्डेले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् भने उपविजेता हुने टिमले दुई लाख पाउने छन् । यस्तै सर्वोत्तम खेलाडी, सर्वाधिक गोलकर्ता र ‘म्यान अफ दि म्याच’ (फाईनल) का खेलाडीहरुले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । साउन ३१ गतेसम्म चल्ने प्रतियोगितामा खेल हेर्न दर्शकहरुले ५० र २ सय रुपैयाँको टिकट काट्नु पर्ने छ ।
![]() |

0 comments:
Post a Comment